युएईद्वारा नेपालसामु २५५ रनको लक्ष्य प्रस्तुत

Nepali cricket01
लाेकपाटी न्यूज

कठमाडौं, १४ माघ । तेस्रो तथा अन्तिम एक दिवसीय क्रिकेटअन्तर्गत नेपाललाई युएईले २५५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टस जितेर फिल्डिङ गरेको नेपालले युएईलाई निर्धारित ओभरमा २५४ रनमा रोक्यो । जसमा नेपाली बलरले युएईका ६ ब्याट्सम्यानलाई आउट गरे । शुरुआती ओभरमा नेपाली बलिङ घातक साबित भएपनि त्यो प्रदर्शन पछिसम्म रहन सकेन ।

युएईले ४७ रन जोड्दा ४ विकेट गुमाएका थिए । तर, मध्यक्रमका ब्याट्सम्यानले युएईको पारी उकासे । १४५ रन पुग्दा युएईले पाँचौं विकेटका रुपमा रिवाज ४५ रनमा पेभेलियन फर्के । रिवाजलाई करण केसीले आउट गरे ।

सातौं नम्बरमा क्रिजमा आएका मोहम्मद बुटाले अनवरसँग मिलेर युएईको स्कोरलाई गति दिए । उनीहरुले छैटौं विकेटका लागि ठूलो साझेदारी गरे । अनवरले सर्वाधिक ८७ रन बनाए भने बुटाले ३१ बलमा नटआउट ५९ रनको योगदान दिए । त्यस्तै मोहम्मद नाबिदले नटआउट ११ रन बनाए ।