रुरु जलविद्युतको शेयरमुल्यमा उच्च वृद्धि, प्रतिकित्ता ६ सय रुपैयाँभन्दा बढि

लोकपाटी न्यूज

काठमाडौं। कारोबारको दोस्रो दिन (सोमबार) नेप्सेमा रुरु जलविद्युत परियोजना लिमिटेडको शेयरमुल्यमा उच्च वृद्धि भएको छ। सोमबार कम्पनीको शेयर ९.८५  प्रतिशतले बढेर प्रतिशेयरको मुल्य ६०२ रुपैयाँ पुगेको छ। यो समाचार तयार पार्ने समय सम्म कुल ४ लाख ९४  हजार १४४ कित्ता शेयरको माग रहेको कम्पनीको शेयर खरीदका लागि अधिकतम कारोबार रेञ्जमा प्रतिकित्ता ६०२ रुपैयाँमा रहेको छ।

रुरु जलविद्युत् परियोजना लिमिटेडले आज (चैत्र २० गते, शुक्रबार) बाट सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे थियाे। कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि २० रूपैयाँ प्रिमियम थपेर १२० रूपैयाँका दरले ४ लाख ७ हजार ७ सय ६ कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेकाे थियाे। जसमध्ये, २ प्रतिशत अर्थात् ८ हजार एक सय ५४ कित्ता कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात् २० हजार ३ सय ८५ कित्ता सामूहिक लगानी कोषका लागि र बाँकी ३ लाख ७९ हजार एक सय ६७ कित्ता सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएकाे थियाे।

यसअघि पहिलो चरणमा कम्पनीले फागुन ७ गतेदेखि फागुन २१ गतेसम्म आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि १०० रुपैयाँ अंकित दरमा ४ करोड ७ लाख ७० हजार ५ सय रूपैयाँ बराबरकाे कुल ४ लाख ७ हजार ७ सय ५ कित्ता साधारण सेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे थियाे। उक्त आईपीओमा लगानीकर्ताले छिटाेमा चैत्र २४ गतेसम्म र ढिलाेमा वैशाख ३ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीकाे आईपीओमा निष्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गरेकाे थियाे।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्