काठमाडौँ। आइतबार स्थानीय बजारमा सुनको मूल्यमा सामान्य बृद्धि भएको छ भने चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार प्रतितोला ९१ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा एक सय रुपैयाँ बढेर ९१ हजार ८०० रुपैयाँ पुगेको छ। सोही परिमाणको तेजावी सुनको भाउ प्रतितोला ९१ हजार ३०० रुपैयाँमा कारोबार हुनेछ।
यता, चाँदीको भाउ भने सामान्य घटेको छ। यसअघि प्रतितोला एक हजार ३५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य पाँच रुपैयाँले बढेर एक हजार ३४५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।



लोकपाटी न्यूज