एजेन्सी । पाकिस्तानका कप्तान सर्फराज अहमदलाई ४ खेलको प्रतिबन्ध लागेको छ ।
दक्षिण अफ्रिकी खेलाडीलाई रंगभेदी व्यवहार गरेको भन्दै अन्तराष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले सर्फराजलाई ४ खेलको प्रतिबन्ध लगाएको हो ।
सर्फराजले दक्षिण अफ्रीकाका अलराउण्डर एडिले लक्कीलाई रंगभेदीय व्यवहार गरेको आइसीसीले जनाएको छ । घरेलु टोली दक्षिण अफ्रीकाविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटको दौरान सर्फराजले रंगभेदीय टिप्पणी गरेका थिए ।
विकेट किपर सर्फराजले बोलेको कुरा ग्राउण्ड स्टम्प माइकमा रेकर्ड भएको थियो। उनले ‘काले आज के खाएर आएको’ भनेका थिए ।
अब सर्फराजले पाँचौ एकदिवसीय र ३ खेलको टी–ट्वान्टी सिरिज गुमाउने छन् । पाकिस्तान अहिले दक्षिण अफ्रीकाको भ्रमणमा रहेको छ ।



लाेकपाटी न्यूज

