रुरु जलविद्युत परियोजना लिमिटेडको साधारण शेयर नेप्सेमा सूचीकृत भएको छ। आइतबार कम्पनीको ४० लाख ७७ हजार ५५ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो।
सर्वसाधारणलाई वितरण गरिएको ४ लाख ७ हजार ७०६ कित्ता, ओायजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दालाई वितरण गरिएको ४ लाख ७ हजार ७०५ कित्ता र कम्पनीका संस्थापकहरुले लगानी गरेको ३२ लाख ६१ हजार ६४४ कित्ता शेयर गरी सो बराबरको शेयर नेप्सेमा सूचीकृत भएको छ।
धितोपत्र सूचीकरण विनियमावली अनुसार कम्पनीको शेयर सोमबार देखि कारोबारमा आउनेछ। कम्पनीको शेयरलाई नेप्सेले पहिलो कारोबारको लागि न्युनतम ११८ रुपैयाँ ८४ पैसा देखि ३५६ रुपैयाँ ५२ पैसा ओपनिङ्ग रेज्न निर्धारण गरेको छ। त्यसको आधारमा कम्पनीको शेयर कारोबार खुल्नेछ। कम्पनीको शेयरलाई आरयुआरयु (RURU) कारोबार संकेत दिएको छ।
कम्पनीले चैत २० गतेदेखि २४ गतेसम्म आइपीओ निष्कासन गरेको थियो। कम्पनीले प्रिमियसहित प्रतिकित्ता १२० रुपैयाँमा सर्वसाधारणमा आईपीओ निष्कासन गरेको हो। सर्वसाधारणका लागि छुट्याएको कुल ४ लाख ७ हजार ७०६ कित्तामध्ये ८ हजार १५४ कित्ता कम्पनीका कर्मचारीहरुको लागि र २०हजार ३८५ कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहेको ३ लाख ७९ हजार १६७ कित्ता सर्वसाधारणको लागि आईपीओ निष्कासन गरेको थियो।
कम्पनीले गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकामा ५ मेगावट क्षमताको रु रु जलविद्युत् परियोजना निर्माण गरी वि.स २०७१ चैत ९ गतेदेखि व्यापारीक उत्पादन शुरु गरेको छ। उक्त आयोजनाबाट प्रतिदिन ४ दशमलव ३६ मेगावट विद्युत् उत्पादन भइरहेको कम्पनीले जानकारी गराएको छ।



लोकपाटी न्यूज