काठमाडौं। युनाइटेड फाइनान्स लिमिटेडको शेयर कारोबार आज (आइतवार) देखि रोक्का भएको छ। यस कम्पनीलाई नबिल बैंकले प्राप्ति गर्ने सम्झौता भएसँगै शेयर कारोबार आजदेखि रोक्का भएको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ।
बैंक तथा वित्तिय संस्था एक आपसमा गाभ्ने/ गाभिने तथा प्राप्ती सम्बन्धी विनियमावली, २०७३ काे विनियम ६(१) बमाेजिम २०७८/१/ १९ सम्म राेक्का राखिएकाे नेप्सेले जनाएकाे छ।
युनाइटेड फाइनान्सलाई नबिल बैंकले प्राप्ति गर्ने प्रारम्भिक सम्झौता वैशाख १७ गते सम्पन्न भएको हो।




लोकपाटी न्यूज