साताकाे पहिलाे काराेबारमा तीन कम्पनीकाे सेयर मूल्य उच्च बृद्धि

लोकपाटी न्यूज

काठमाडौ। साताको पहिलो दिन तीन कम्पनीको शेयरमूल्य उच्च बृद्धी भएकाे छ। सबैभन्दा बढी महिला लघुवित्त वित्तीय संस्था लिमिटेड र विशाल बजार कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव ९८ प्रतिशतले वृद्धि भएको छ भने सिंगटी हाइड्रो इनर्जी लिमिटेडको शेयरमूल्य ९ दशमलव ९२ प्रतिशतले वृद्धि भएको हो।

यी तीन ओटै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयर मूल्यमा वृद्धि भएको हो।  महिला लघुवित्तको शेयरमूल्य प्रतिकित्ता ३ हजार ४३७ रुपैयाँ, विशाल बजार कम्पनीको ५ हजार ६०८ रुपैयाँ र सिंगटी हाइड्रो इनर्जीको शेयरमूल्य ३९९ रुपैयाँ पुगेको हो।

महिला लघुवित्तले आइतवार तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा उल्लेख्य रुपमा वृद्धि भएको सार्वजनिक गरेको छ। सोही कारण पनि शेयरमूल्य बढेको हो। कम्पनीको शेयरमूल्य कारोबारमा आएको तेस्रो दिनदेखि सर्किट लेबलमा वृद्धि हुँदै आइरहेको छ।

सिंगटी हाइड्रो इनर्जीको शेयर कारोबारमा आएको आज तेस्रो दिन हो। शेयरमूल्य बढेसँगै यस कम्पनीको शेयरमा पनि लगानीकर्ताको आकर्षण बढेको छ । सोही कारण विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयर मूल्यमा वृद्धि भएको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्