काठमाडाैँ। आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। शुक्रबार प्रतितोला ८९ हजार ९सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज तोलामा १०० रुपैयाँले बढेको छ।
मुल्य बढेसँगै आज सुन प्रतितोला ९० हजार रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
त्यस्तै आज तेजाबी सुनको मूल्य ८९ हजार ५ सय रपैयाँ रहेको। यस्तै चाँदीको मूल्य भने घटेको छ। शुक्रबार प्रतितोला १३ सय १५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज २० रुपैँयाले घटेको महासङ्घले जनाएको छ।
आज चाँदी प्रतितोला १२ सय ९५ रुपैयामा कारोबार हुने छ।



लोकपाटी न्यूज