काठमाडौं। सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपिओमा पहिलो दिन नै २ गुणा बढीको आवेदन परेको छ। शुक्रबार साँझ ५ बजेसम्ममा कम्पनीको आईपिओमा ३ लाख ९० हजार १० जना आवेदकबाट ६५ लाख १३ हजार ९ सय २१ कित्ताको लागि आवेदन परेको हो। जुन माग भन्दा २.७८ गुणा बढी हो।
कम्पनीले सर्वसाधारणको लागि २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको २५ लाख १८ हजार २ सय ३० कित्ता आइपीओ निष्काशन गरेको छ। जस मध्ये ५० हजार ३ सय ६५ कित्ता कम्पनीको कर्मचारीको लागि र १ लाख २५ हजार ९ सय ११ कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको छ। बाँकि रहेको २३ लाख ४१ हजार ९ सय ५४ कित्ताको सर्वसाधारणले आवेदन दिन सक्ने छन्।
लगानीकर्ताले वैशाख २१ गतेसम्म आवेदन दिन सक्ने छन् । शेयर निष्काशनको लागि सनराइज क्यापिटल बिक्रि प्रबन्धक रहेको छ।


लोकपाटी न्यूज