सुनकाे मूल्य घट्याे, कतिमा हुदैछ काराेबार ?

लोकपाटी न्यूज

काठमाडौं। सुनको भाउ तोलामा पाँच सय रुपैयाँले घटेको छ। बिहीबार तोलमा दुई सयले बढेर ९२ हजार दुई सय रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुनको भाउ शुक्रबार ९१ हजार ७ सय रुपैयाँमा झरेको हो।

शुक्रबारका लागि तेजावी सुनको भाउ ९१ हजार दुई सय रुपैयाँ कायम भएको छ। यस्तै चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। बिहीबार एक हजार तीन सय ३५ रुपैयाँ तोलामा कारोबार भएको चाँदीको भाउ शुक्रबार एक हजार तीन सय २० रुपैयाँ तोकिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्