यस्ताे रह्याे याे साताकाे सुनचाँदीकाे काराेबार

लोकपाटी न्यूज

काठमाडौं। नेपाली बजारमा यस साता पनि सुनचाँदीको मूल्य उकालो लागेको छ। अघिल्लो साताको शुक्रबार तोलाको ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य यस साताको शुक्रबारसम्म आइपुग्दा तोलामा १ हजार २ रुपैयाँले बढेर ९१ हजार ७ सय रुपैयाँ कायम भएको छ।

त्यसैगरी, अघिल्लो साताको शुक्रबार तेजाबी सुनको मूल्य तोलाको ९० हजार रुपैयाँमा कारोबार भएको थियो भने यस साताको शुक्रबारसम्म आइपुग्दा तोलामा १ हजार २ सय रुपैयाँले बढेर ९१ हजार २ कायम भएको छ।

यस साता चाँदीको मूल्य पनि बढेको छ। गएको शुक्रबार तोलाको १ हजार ३ सय रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सय साताको शुक्रबारसम्म आइपुग्दा तोलामा २० रुपैयाँले बढेर १ हजार ३ सय २० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्