काठमाडौं। बिशाल बजार कम्पनी लिमिटेडको शेयर मूल्य तीन महीनापछि दोस्रो बजारमा शेयर कारोबारमा आएको छ। बिहीवार कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ३ हजार १६५ रुपैयाँ पुगेको हो। कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयर मूल्य बढेको हो।
कुनै पनि वार्षिक प्रतिवेदन र वित्तीय विवरणहरु उपलब्ध नगराएका कारण नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले गत माघ १८ गतेदेखि उक्त कम्पनीको शेयर कारोबार रोक्का गरेको थियो।
कम्पनीले आव २०७३/ ७४,०७४/ ७५,०७५/ ७६,०७६/ ७७ सम्मको लेखापरिक्षण हुन बाँकी र आव २०७७/ ७८ को पुस मसानत सम्मको वित्तीय विवरणहरु र अन्य अपरिष्किृत त्रैमासिक तथा अर्धवार्षिक वित्तीय विवरणहरु नेप्सेको कम्पनी लगइनबाट नेप्सेको वेबसाइटमा लगानीकर्ता र सरोकारवाला निकायहरुले अध्ययन गर्न सक्ने गरी वित्तीय विवरणहरु अपलोड गरेको छ।
साथै कम्पनीले लेखापरिक्षण प्रतिवेदन प्राप्त भई सञ्चालक समितिको निर्णय भए पछि यथाशिघ्र साधारण सभा सम्पन्न गर्ने पनि बताएको छ। नेप्सेले कम्पनीले सचेत गराउँदै कम्पनीको रोक्का रहेको धितोपत्र बिहीवारदेखि नै कारोबार हुने गरी फुकवा गरेको हो।



लोकपाटी न्यूज