काठमाडौं। गत हप्तादेेिख बढीरहेको सुनको मूल्यले आफ्नो उचाइ कायम राख्दै गएको छ। आइतबार सुन तोलामा २०० रुपैयाँले बढेको छ। आज छापावाल सुन प्रतितोला ९० हजार ७०० रुपैयाँ पुगेको छ।
शुक्रबार छापावाल सुन प्रतितोला ९० हजार ५०० रुपैयाँ कायम थियो। आज तेजावी सुन प्रतितोला ९० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। आज चाँदीको मूल्य भने स्थिर रहेको छ। आज चाँदी तोलाको १३ सय रुपैयाँ कायमा भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।



लोकपाटी न्यूज