काठमाडौं। एनआईसी एशिया बैंकले आफ्नो स्वामित्वमा रहेको नेशनल लाईफ इन्स्योरेन्स र नागरिक लगानी कोषको संस्थापक शेयर आइतवार देखि लिलामीमा विक्री खुला गर्ने भएको छ। कम्पनीले नेशनल लाईफ इन्स्योरेन्सको ४७ हजार ७०६ र नागरिक लगानी कोषको ५० हजार कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला गर्ने भएको हो।
उक्त शेयर खरीद गर्न कानून बमोजिम योग्य लगानीकर्ताले वैशाख १० गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन्। नेशनल लाईफ इन्स्योरेन्सको न्यूनतम ४६३ रुपैयाँ र नागरिक लगानी कोषको १ हजार ४५५ रुपैयाँ तोकिएको छ। आवेदकले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्ने हुन्छ।
दुवै कम्पनीको शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १०० कित्ता वा सो भन्दा माथि १० ले भाग जाने गरी अधिकतममा सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ। कम्पनीको शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ।



लोकपाटी न्यूज