शुक्रबार तीन कम्पनीकाे साधारणसभा हुदै

लोकपाटी न्यूज

काठमाडौं। भोली (शुक्रबार) तीन कम्पनीको साधारण सभा हुने भएको छ। नेपाल इन्स्योरेन्स, नेशनल हाइड्रोपावर कम्पनीले एकैदिन साधारण सभा गर्ने भएका हुन्। याक एण्ड यती होटल लिमिटेडले ४३ औं र ४४ औं साधारण सभा कम्पनी रजिष्ट्रड कार्यालय, लालदरबार मार्गमा एकैदिन गर्ने भएको हो । चैत्त २ गते सभा प्रयोजनार्थ एक दिन बुक क्लोज गर्ने जनाएको छ।

नेपाल इन्स्योरेन्सले एयरपोर्ट होटल सिनामंगलमा साधारण सभा बोलाएको छ। कम्पनीको सभाले शेयरधनीहरुलाई १० प्रतिशत लाभांश वितरण प्रस्ताव पारित गर्ने भएको छ। नेशनल हाइड्रोपावरको २४ औं साधारण सभा बालुवाटारस्थित डेलिश ओपेरा रेष्ट्रो एण्ड बैंक्वेटमा भोली बिहान ११ बजे बस्ने भएको छ।

सभाले लोअर इर्खुवा हाइड्रोपावर लिमिटेडले आयोजना निर्माण गर्न लिएको ऋण कर्पोरेट ग्यारेन्टी दिने सम्बन्धमा छलफल गर्ने भएको छ। कम्पनीले साधारण सभा प्रयोजनार्थ चैत्त ११ गते एकदिन बुक क्लोज गर्ने कम्पनीले जनाएको छ।

त्यस्तै ग्रीन डेभलपमेन्ट बैंकको शनिबार चैत २८ गते वार्षिक साधारण सभा बस्ने भएको छ। सभामा बैंकले गत वर्षको नाफाबाट ४% लाभांश वितरण गर्ने प्रस्ताव लैजानेछ। बैंकले गत वर्षको नाफाबाट ३.८०% बोनस सेयर र कर प्रयोजनका लागि ०.२०% नगद लाभांश वितरण गर्न लागेको हाे। सभा र लाभांश प्रयोजनका लागि बैंकले चैत १७ गते बुक क्लोज गरेको छ। चैत १६ गतेसम्म कायम सेयरधनीले प्रस्तावित लाभांश पाउनेछन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्