काठमाडाैँ। मंगलबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ। सोमबारको तुलनामा मंगलबार छापावाल सुन तोलामा ३०० रुपैयाँले बढेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा ८७ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार बढेर तोलामा ८७ हजार ५०० रुपैयाँमा कारोार भएको हो।
यस्तै तेजाबी सुन तोलामा ८७ हजार ५० रुपैयाँमा कारोबार भएको छ। यसैबीच मंगलबार चाँदीको मूल्य स्थिर रहेको छ। सोमबार तोलामा १२३५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि सोही मूल्यमा कारोबार भएको हो।



लोकपाटी न्यूज