६ दिनकाे लागी केबलकार बन्द हुदै

manakamana-cable-car
लोकपाटी न्यूज

काठमाडौं। आगामी छ दिनको लागी केबलकार बन्द हुने भएको छ। मनकामना दर्शन प्रालिले संचालन गरेको मनकामना केबलकारको सेवा आगामी चैत २५ गतेदेखि ३० गतेसम्म बन्द हुने भएको हो।

कम्पनीले केबलकारको स्तरोन्नतीको पहिलो चरण मध्येको काम अनुसार बुल ह्लिल बियरिङ नयाँ फेर्नुको साथै अन्य मर्मत संभारका लागि केबलकार सेवा बन्द गर्न लागिएको जनाएको छ। मर्मतको तथा स्तरोन्नतीको लागी अष्ट्रियाबाट प्राविधिक आउने पनि कम्पनीले जनाएको छ।

उक्त अविधमा केबलकारको बटम स्टेसनमा रहेको रेष्टुरेन्टको सेवा भने यथावत संचालनमा रहने कम्पनीले बताइएको छ। मर्मत संभारपछि आगामी चैत ३१ गतेदेखि नियमित रुपमै केबलकारको सेवा संचालन हुने मनकामना दर्शन प्रालिले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्