काठमाडौं। आइतवार सात ओटा कम्पनीको शेयर मूल्य उच्च दरले बढेको छ। साताको पहिलो दिन यि कम्पनीहरुको शेयर ९ प्रतिशत भन्दा बढि बृद्धी भएको हो सबैभन्दा बढी वोमी लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ९ दशमलव ९९ प्रतिशतले वृद्धि भएको हो । त्यसैगरी आइएमई जनरल इन्स्योरेन्स कम्पनीको ९ दशमलव ९७ प्रतिशत, एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको ९ दशमलव ९५ प्रतिशत, सानिमा जनरल इन्स्योरेन्सको ९ दशमलव ९३ प्रतिशतले वृद्धि भएको छ ।
त्यसैगरी प्रडेन्सियल इन्स्योरेन्सको ९ दशमलव ९१ प्रतिशत, साञ्जेन जलविद्युत् कम्पनीको ९ दशमलव ८७ प्रतिशत र जनरल इन्स्योरेन्सको ९ दशमलव ८५ प्रतिशतका दरले वृद्धि भएको छ। ती सात ओटै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयर मूल्य बढेको हो। आइएमई जनरल इन्स्योरेन्स कम्पनीले ७ प्रतिशत बोनस शेयर वितरण पछि कायम हुने चुक्तापूँजीको ४० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव गरेर साधारण सभा बोलाएसँगै शेयर मूल्य बढेको हो।
त्यसैगरी वोमी लघुवित्त र एनआईसी एशिया लघुवित्तको शेयर मूल्य मर्जर पछि कारोबारमा आएका कारण लगानीकर्ताको आकर्षण बढेको हो।



लोकपाटी न्यूज