२ हजार ६१९ दशमलव ०२ विन्दुमा नेप्से, ६ अर्ब १६ करोड भन्दा बढिकाे सेयर काराेबार

Nepse mathi
लोकपाटी न्यूज

काठमाडौं। बुधवार नेप्से परिसूचक कारोबार अघिल्लो कारोबार दिनको तुलनामा १ दशमलव ६८ प्रतिशतले वृद्धि भएर २ हजार ६१९ दशमलव ०२ विन्दुमा पुगेको छ। यसदिन कारोबारमा आएका २०९ओटा कम्पनीको १ करोड १२ लाख ८१ हजार ६२५ कित्ता शेयरको ६७ हजार १४८ पटकमा ६ अर्ब १६ करोड ६८ लाख ६१ हजार ५३८ बरावरको शेयर खरीदविक्री भएको छ।

कारोबारमा आएका १३ ओटा समूहमध्ये व्यापार समूह बाहेक सबै समूहको परिसूचक बढेसँगै सम्रग नेप्से परिसूचक बढेको हो। व्यापार समूहको परिसूचक २ दशमल २७ प्रतिशतले घटेको छ। सबैभन्दा बढी निर्जीवन बीमा समूहको परिसूचक २ दशमलव ६२ प्रतिशत, बैंकिङ समूहको परिसूचक २ दशमलव ३१ प्रतिशत, होटल एण्ड टुरिजमको १ दशमलव ७६ प्रतिशत, विकास बैंक समूहको १ दशमलव ६८ प्रतिशत,जलविद्युत् समूहको १ दशमलव ३९ प्रतिशत, वित्त समूहको शून्य दशमलव ८ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको शून्य दशमलव ५८ प्रतिशत, अन्य समूहको १ दशमलव ३३ प्रतिशत, लघुवित्त समूहको शून्य दशमलव ५७ प्रतिशत वृद्धि भएको छ।

त्यसैगरी जीवन बीमा समूहको परिसूचक शून्य दशमलव ९८ प्रतिशत, म्युचुअल फण्डको शून्य दशमलव ८९ प्रतिशत र लगानी समूहको परिसूचक १ दशमलव ७२ प्रतिशतले वृद्धि भएको हो। सबैभन्दा बढी महिला लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य सबैभन्दा बढी ९ दशमलव ९७ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै दोस्रोमा अजोड इन्स्योरेन्स कम्पनीको शेयर मूल्य ९ दशमलव ९६ प्रतिशतले वृद्धि भएको छ।

बुधवार सर्वाधिक कारोबार एचआइडिसीएलको ३६ करोड ३७ लाख ५३ हजार बराबरको शेयर खरीद विक्री भएको छ। उक्त कम्पनीको शेयर मूल्य प्रतिकित्ता ४७० पुगेको छ। कम्पनीले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्नका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएसँगै कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण बढेको हो।

दोस्रोमा अपर तामाकोशी हाइड्रोपावरको ३१ करोड ९७ लाख बराबरको शेयर खरीदविक्री भएको छ। यसदिन रैराङ हाइड्रोपावर डेभलपमेण्ट कम्पनीको शेयर मूल्य ३ दशमलव २९ प्रतिशतले घटेर  ३८२ मा झरेको छ। केहि समय अगाडिको करेक्सन पछि बजारले पुन : नयाँ उचाईको शुरुवात गरेको देखिएको छ। वैशाख महीना लागेपछि सूचीकृत कम्पनीहरुले आफ्नौ तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गर्छन् । यसले गर्दा पनि बजार बुलिस ट्रेण्डमा जान सक्ने अनुमान लगानीकर्ताले गरेका छन्। बुधवार नेप्सेको कारोबार व्यवस्थापन प्रणाली(टिएमएस) मा प्राविधिक समस्या आएपछि बजार ४ बजेसम्म खुलेको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्