काठमाडौं। नेपाल इन्स्योरेन्ससहित तीन ओटा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन सोमवारसम्म रहेको छ। ग्रीन डेभलपमेण्ट बैंक,मिथिला लघुवित्त वित्तीय संस्था र नेपाल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने दिन सोमवारसम्म रहेको हो।
ती तीन ओटै कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि चैत १७ गते बुक क्लोज गरेकाले सोमवारसम्म शेयर कायम गर्ने शेयरधनीले लाभांश पाउनेछन्। नेपाल इन्स्योरेन्स कम्पनीले ८ प्रतिशत बोनस शेयर र २ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ। उक्त लाभांश वितरणका लागि चैत २७ गते कम्पनीले एयरपोट होटल सिनामंगलमा साधारण सभा गर्ने जानकारी दिएको छ।
त्यसैगरी ग्रीन डेभलपमेण्ट बैंकले गत आवको मुनाफाबाट शेयरधनीलाई ३ दशमलव ८० प्रतिशत बोनस शेयर र शून्य दशमलव २० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ। उक्त लाभांश प्रस्तावका लागि कम्पनीले चैत २८ गते साधारण सभा बोलाएको छ। सभा कास्किस्थित होटल बाराहीमा आयोजना हुने छ।
मिथिला लघुवित्त वित्तीय संस्थाले गत आवको मुनाफाबाट शेयरधनीलाई १२ प्रतिशत बोनस शेयर र शून्य दशमलव ६३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ। यो प्रस्ताव पारित गर्नका लागि कम्पनीले चैत २९ गते धनुषा जिल्लास्थित होटल राजदरबारको सभाहलमा साधारण सभा बोलाएको हो।



लोकपाटी न्यूज