काठमाडौँ। मायाखोला हाइड्रोपावरको सेयर निष्काशन तथा बिक्रि प्रपबन्धक प्रभु क्यापिटललाई नियुक्त गरेको छ। हाईड्रोपावर कम्पनीले सर्वसाधरणलाई जारी गर्न लागेको २४ लाख कित्ता सेयरको सार्वजननिक निष्काशन गर्ने कार्यका लागि प्रभु क्यापिटललाई प्रबन्धकमा नियुक्त गरेको हो।
सो नियुक्तिसम्बन्धी सम्झौतामा मायाखोला हाईड्रोपावर कम्पनीका तर्फबाट कार्यकारी अध्यक्ष विजयमान शेरचन तथा प्रभु क्यापिटलकातर्फबाट प्रबन्धक सञ्चालक दिनेश थकालीले हस्ताक्षर गरेका छन्। मायाखोला हाईड्रोपावर कम्पनीले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा अवस्थितमा खोलामा १४. ९ मेगावाटको आयोजना निर्माण गरिरहेको छ। यो आयोजनाको भौतिक प्रगति ६० प्रतिशत सम्पन्न भइसकेको कम्पनीले जनाएको छ।



लोकपाटी न्यूज