चार कम्पनीकाे सेयरमूल्यमा उच्च वृद्धि

Nepse mathi
लोकपाटी न्यूज

काठमाडौं। दोहोरो अंकले बढीरहेको बजारमा बुधवार दुई ओटा जलविद्युत् कम्पनीसहित चार ओटा कम्पनीको शेयरमूल्य उच्च दरमा बढेको छ। यो दिन जलविद्युत् लगानी तथा विकास कम्पनी, चन्द्रागिरी हिल्स लिमिटेड, आरएसडिसी लघुवित्त र कालिका पावर कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ।

कारोबारको डेड घण्टाको अवधिसम्म जलविद्युत लगानी तथा विकास कम्पनीको ९ दशमलव ९७ प्रतिशतले बढेर अन्तिम मूल्य ३९७ रुपैयाँ, चन्द्रागिरी हिल्सको ९ दशमलव ९५ प्रतिशतले बढेर अन्तिम मूल्य . १ हजार ८९० रुपैयाँ, आरएसडिसी लघुवित्तको ९ दशमलव ५८ प्रतिशत बढेर अन्तिम मूल्य ९१५ रुपैयाँ र कालिका पावरको ९ दशमलव शून्य ६ प्रतिशतले बढेर अन्तिम मूल्य ३१३ रुपैयाँ कायम भएको छ।

ती चार ओटै कम्पनीको शेयर खरीद चाप उच्च हुँदा शेयरमूल्य बढेको हो। उक्त अवधिसम्म नेप्से परिसूचक शून्य दशमलव ९८ प्रतिशत बढेर २ हजार ५५३ दशमलव ८० विन्दुमा पुगेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्