किसान लघुवित्तकाे सेयर काराेबार राेक्का गर्ने नेप्सेकाे निर्णय

लोकपाटी न्यूज

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले किसान लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार रोक्का गरेको छ। धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना समयमै पेश नगरेको र सूचना परिवर्तन गरेका कारण किसानको सेयर कारोबार रोक्का गरिएको नेप्सेले जनाएको छ। नेप्सेले ३ दिनभित्र स्पष्टीकरण पेश गर्न पनि किसान लघुवित्तलाई निर्देशन दिएको छ।

किसानले चैत ८ गते सार्वजनिक गरेको वार्षिक साधारण सभाको सूचनामा १००% हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव समावेश गरेको थियो। तर चैत ९ गते हकप्रद जारी गर्ने विशेष प्रस्ताव हटाएर फेरि साधारणसभा सम्बन्धी सूचना प्रकाशित गरेको थियो।

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्