१६० एमबिपीएस गतिको इन्टरनेट सेवा दिने तयारीमा नेपाल टेलिकम

Nepal-Telecome-office
लोकपाटी न्यूज

नेपाल टेलिकमले उच्च गतिको १६० एमबिपीएससम्मको एफटीटीएच इन्टरनेट सेवा दिने भएको छ। हाल कम्पनीले अधिकतम ६० एमबीपीएस गतिसम्मको इन्टरनेट उपलब्ध गराइरहेको छ। अन्य सेवाप्रदायकले पनि नेपालमा ६० एमबीपीएस सम्मको मात्रै इन्टरनेट सेवा दिदै आएका छन।

सय एमबीपीएस माथि व्यान्डवीथको इन्टरनेट सेवा दिने नेपाल टेलिकम पहिलो कम्पनी बनेको छ। टेलिकमका प्रवन्धक शोभन अधिकारीले १६० एमबीपीएस गतिसम्मको इन्टरनेट उपलब्ध गराउने गरी नेटवर्क बनाउने तयारी भइरहेको जानकारी दिए। एक महिना भित्र उक्त गतिको इनटरनेट सेवा उपलब्ध हुने उनको भनाई छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्