चन्द्रागिरी हिल्सको सेयर मूल्य बढेर १ हजार ५ सय माथी

Chandragiri cabel car
लोकपाटी न्यूज

काठमाडौं। प्रतिसेयर नेटवर्थ ऋणात्मक भएको चन्द्रागिरी हिल्सको सेयर मूल्य दुई महिनादेखि लगातार दैनिक १० प्रतिशतले बढिरहेको छ।सोमबार पनि कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १५६३ रुपैयाँ पुगेको छ।

कम्पनीको सेयर मूल्य १५ सय नाघ्दा पनि करिब पाँच लाख कित्ता सेयरको खरिद माग देखिएको छ। १५ लाख ४३ हजार कित्ता सेयर मात्रै जारी गरेको कम्पनीको दोस्रो बजारमा आपूर्ति भने न्युन देखिएको छ।

थोरै सेयर भएका कारण कर्नरिङ गर्ने समुहले जति मूल्य भएपनि खरिद माग राखिरहेकाले कम्पनीको मूल्य लगातार दुई महिनादेखि बढिरहेको हो। गत माघ २५ गतेदेखि धितोपत्र दोस्रो बजारमा कारोबार शुरु गरेको कम्पनीको शेयरमूल्य शुरुवातदेखि नै उच्च दरमा बढ्दै आएको छ।

गत माघ २५ गते कम्पनीको पहिलो कारोबार प्रतिकित्ता १६१ रुपैयाँमा भएको थिय। नेपाल स्टक एक्सचेञ्ज(नेप्से) ले कम्पनीको पहिलो कारोबारका लागि ९६ दशमलव ६९ देखि २९० देखि शून्य ७ सम्मको मूल्य रेञ्ज तोकेको थियाे। कम्पनीको नेटवर्थ ९६ रुपैयाँ मात्रै रहेको छ। करिब ३ वर्ष पछि मात्रै कम्पनीको नेटवर्थ १०० रुपैयाँ नाघ्ने प्रक्षेपण छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्