काठमाडौं। सर्वोत्तम सिमेन्टले पहिलो पटक बुक बिल्डिङ सिस्टममार्फत ६० लाख कित्ता बराबरको आईपीओ जारी गर्ने भएको छ। कम्पनीले आफ्नो चुक्ता पुँजीको १५ प्रतिशत अर्थात् ६० लाख कित्ता सेयर संस्थागत लगानीकर्ता,स्थानीय जिल्लावासी र कर्मचारी तथा अन्य सर्वसाधारणका लागि आईपीओको रुपमा जारी गर्ने भएको हो।
कम्पनीका अनुसार कुल ६० लाख कित्ता सेयर मध्ये २४ लाख कित्ता सेयर संस्थागत लगानीकर्ताहरुका लागि,८ लाख कित्ता स्थानीय जिल्लाबासीका लागि र बाँकी २८ लाख कित्ता सेयर कम्पनीका कर्मचारी तथा अन्य सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याएको हो।
पहिलो पटक बुक बिल्डिङ मार्फत आईपीओ जारी गर्न लागेको कम्पनीले आईपीओको प्रति कित्ता सेयर मूल्य कम्तिमा ७ सय ५० रुपैयाँ रहने जनाएको छ। कम्पनीको आन्तरिक मूल्याङ्कनका आधारमा न्यूनतम सेयर मूल्य ७ सय ५० हुने अनुमान गरिएकोमा संस्थागत योग्य लगानीकर्ताहरुद्वारा बोलकबोल विधिबाट अझ बढ्ने सक्ने जनाएको छ।
सिमेन्टको आईपीओमा लगानीकर्ताले न्यूनतम ६० कित्ता सेयरका लागि आवेदन दिनु पर्ने बताइएको छ। कम्पनीको आईपीओ जारी गर्ने क्यापिटल मर्चेटनको रुपमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ भने,सह व्यवस्थापकमा एनआईबीएल एसीई क्यापिटल र प्रभु क्यापिटल रहेका छन्।
बुधबार एक समारोहका बीच सेयर जारी गर्ने कम्पनी सर्वोत्तम सिमेन्ट र इस्यु म्यानेन्जर क्यापिटल बैँकबीच सहमती पत्रमा हस्ताक्षर भएको छ। लाख कम्पनीको चुक्तापुँजी ३ अर्ब ४० करोड रहेको छ भने ६० लाख कित्ता सेयर जारी गरिसकेपछि कम्पनीको चुक्तापुँजी कुल ४ अर्ब रुपैयाँ पुग्नेछ।



लोकपाटी न्यूज