क्रिशलको ‘मनको छाता’ सार्वजनिक (भिडियोसहित)

Krishal Kandel
लाेकपाटी न्यूज

काठमाडौं । नेपाल आइडलबाट चर्चामा आएका क्रिशल कँडेलको पहिलो गीत सार्वजनिक भएको छ । चकलेटी अनुहार भएका कँडेलले एरिक गिरीको शब्द, संगीत तथा स्वरमा रहेको ‘मनको छाता’ बोलको गीतमा अभिनय गरेका छन् ।

क्रिशल आफैंले पनि गीत गाउँछन् तर उनले यसबाट अभिनय यात्रा थालेका छन् । उनलाई अभिनयमा ‘ब्रेक’ भने भद्रगोलका ‘काकु’ अर्थात दिपक आचार्य दिएका हुन् ।

भिडियोमा क्रिशलको अपोजिटमा याङ्सु देखिएकी छन् । बुद्ध थापाको सिनेम्याटोग्राफी रहेको गीतमा सागर मगर र पूजा राईको कोरियोग्राफी रहेको छ ।

भिडियो हेर्नुहोस् :

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्