कुमारी इक्विटी फण्डको इकाईमा मागभन्दा बढी आवेदन

लोकपाटी न्यूज

काठमाडौं। कुमारी इक्विटी फण्डको इकाईमा मागभन्दा ३५ प्रतिशत बढी आवेदन परेको छ। कोष व्यवस्थापक कुमारी क्यापिटलले मागभन्दा बढी आवेदन प्राप्त भएको भन्दै सम्पूर्ण आवेदकहरुलाई धन्यवाद दिएको छ।

क्यापिटलले फागुन १४ गतेदेखि २५ गतेसम्म प्रतिइकाई १० अंकित मूल्यको ८० करोड बराबरको ८ करोड इकाई विक्री खुला गरेको थियो। छिटो अवधि फागुन १८ गतेभित्र माग बमोजिम आवेदन नपरेपछि ढिलो अवधि फागुन २८ गतेसम्मको मिति तय गरेको क्यापिटलले मागभन्दा बढी आवेदन परेपछि फागुन २५ गतेसम्म मात्र विक्री खुला गरेको हो।

यस फण्डले कुल इकाईमध्ये कोष प्रबर्द्धकको रुपमा रहेको कुमारी बैंकलाई १५ प्रतिशत दरको १ करोड २० लाख इकाई सुरक्षित राखी बाँकी ६ करोड ८० लाख कित्ता सार्वजनिक निष्कासनमार्फत विक्री गरेको हो। १० वर्षे अवधिको यो योजना बन्द मुखी योजना हो।

इकाई बाँडफाँट भएको मितिले दश वर्षपछि योजनाको सम्पत्तिलाई नगदमा परिणत गरी इकाईधनीहरुलाई समानुपातिक हिसावले प्रचलित कानुन बमोजिम बाँडफाँट गरिनेछ।योजनाको सम्पूर्ण इकाई धितोपत्र दोस्रो बजारमा सूचीकृत गरी कारोबार गर्न सकिने व्यवस्था गरिने समेत कोष व्यवस्थापक कुमारी क्यापिटलको भनाई छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्