काठमाडाैँ।नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा लगानी समुह थप गरेको छ। नेप्से व्यवस्थापनको फागुन ७ गतेको निणर्य अनुसार उक्त समुह थप गरेको हो। फागुन १६ गते आइतबार देखि लागू हुने गरि उक्त समुह थप गरेको नेप्सेले जनाएको छ। यसअघि नेप्सेमा ११ समुहगत परिसूचक रहेकोमा लगानी समुह थप गरी १२ वटा समुहका समुहगत परिसूचक कायम गरिएकाे छ।
लगानी समुहमा हाल अन्य समुहमा सूचीकृत नेपाल इन्फ्रास्ट्रक्चर बैंक, नागरिक लगानी कोष, जलविद्युत लगानी कम्पनी र एनआरएन इन्फ्राष्ट्रक्चर एण्ड डेभलमेन्ट रहेका छन्। यस्तै नेप्सेले होटल समुहलाई पनि परिमार्जित गरी होटल तथा पर्यटन समुह बनाएको छ। समुहमा चन्द्रागिरी हिल्स कम्पनीलाई राखिएको छ।
परिवर्तित व्यवस्था अनुसार नेप्सेले म्युच्युअल फण्ड, सेन्सेटिभ, सेन्सेटीभ फ्लोट र नेप्से गरी १६ सूचक गणना गर्ने जनाएको छ।



लोकपाटी न्यूज