काठमाडौं। नेप्सेको सिस्टसमा देखिएको समस्या समाधान भएको छ। नेपाल इन्फ्रास्ट्रचर बैंकको सेयर कारोबारमा समस्या देखिँदा बुधबार नेप्सेको डाटा नै प्रभावित भएको थियो। तर, उक्त समस्या समाधान भएसँगै नेप्समा सही तथ्यांक देखिएको छ।
समस्या समाधान भएसँगै इन्फ्रास्ट्रचर बैंकको सेयर कारोबार पनि चालु भएको छ। बैंकको सेयर मूल्य ९.९३ प्रतिशतले घटेर ५३५ मा झरेको छ। बैंकको सेयर मूल्य एक्काति शतप्रतिशतले घटेर शून्य रुपैया देखिएको थियो। त्यसमा देखिएको प्रभाविधिक समस्या समाधान भएसँगै बैंकको सेयर मूल्य ‘अटो करेक्ट’ भएको नेप्सेले जनाएको छ।
बैंकको सेयर मूल्य शून्यमा झर्दा एक्कासि नेप्सेमा ८८ अंकको गिरावट देखिएको थियो। तर, अन्य सेयर नियमित कारोबार हुँदा नेप्से त्यसबाट क्रमिक सुधार हुँदै अगाडि बढेको थियो। बैंकको सेयर मूल्य अटो करेक्ट भएसँगै अहिले नेप्से १९.४३ अंकले बढेर २६०५.९४ अंकमा पुगेको छ।



लोकपाटी न्यूज