काठमाडौं। शेयर कारोबारमा प्राविधिक समस्या देखिएको छ। बुधवार कारोबार खुलेसँगै शेयर बजारमा कारोबार गर्न नमिल्ने समस्या देखिएको लगानीकर्ताहरुले गुनासो गरेका छन्। मंगलबार संसद पुनःस्थापना भएसँगै उत्साहजनक रुपमा शेयर बजार उक्सिने आँकलन गरिएको थियो। तर, बुधवार भने नेप्सेको वेबसाइटमै समस्या देखिएको पाइएको छ।
लगानीकर्ताहरुले शेयर बजारमा चलखेल भएको हुनसक्ने बताएका छन्। आज एकैदिन नेपाल इन्फ्रास्टक्चर बैंकका शेयर मूल्य एक सय प्रतिशतले घटेको देखाएको छ।यसलाई प्राविधिक समस्याका रुपमा लिइएको छ। किनकि, कुनै पनि कम्पनीको शेयर मूल्य एकैदिन १० प्रतिशत मात्र बढ्न या घट्न मिल्दैन।
यस्तै चन्द्रागिरी हिल्सको शेयर मूल्य पनि एकाएक घटेको देखिएको छ। शेयर कारोबारमा समस्या देखिएपछि लगानीकर्ताले किनबेच नै गर्न नपाएको गुनासो गरेका छन्।यस्तै शेयर बजार अनलाइन हेर्ने मेरो शेयरमा पनि समस्या देखिएको छ।



लोकपाटी न्यूज