काठमाडौं, १ माघ । भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले अष्ट्रेलियाविरुद्धको एक दिवसीय खेलमा शतक प्रहार गरेका छन् ।
मंगलबार अष्ट्रेलियाविरुद्ध दोस्रो एक दिवसीय खेलमा उनले शतक प्रहार गरेका हुन् । उनले १ सय ८ बलको सामना गर्दै सय रन पूरा गरेका हुन् । त्यसक्रममा कोहलीले २ छक्का तथा ५ चौका प्रहार गरे ।
एक दिवसीय क्रिकेटमा कोहलीको यो ३९ औं शतक हो ।
पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित ओभरमा ९ विकेट गुमाएर २९८ रन बनाएको थियो ।



लाेकपाटी न्यूज

