टाइटन जिम एन्ड फिटनेसमा कुमारी बैंकका ग्राहकलाई छुट

लोकपाटी न्यूज

काठमाडौं। आफ्ना ग्राहकहरुलाई स्वास्थ्य सम्बन्धी विभिन्न क्रियाकलापमा विभिन्न सहुलियत दिने उद्देश्यमा अग्रसर कुमारी बैंक लिमिटेडले टाइटन जिम एन्ड फिटनेस सेन्टरसँग सम्झौता गरेको छ। बैंकले सेवाग्राहीहरूलाई विभिन्न सुविधा उपलब्ध गराउने क्रममा सो सम्झौता गरेको हो।

यो सम्झौता अन्तर्गत कुमारी बैंकमा खातावाल सेवाग्राहीहरूले टाइटन जिम एन्ड फिटनेसको मासिक सदस्यतामा ५%, त्रैमासिक सदस्यतामा १०%, अर्धवार्षिक सदस्यतामा १५%, तथा वार्षिक सदस्यतामा ३०% छुट प्राप्त गर्ने प्रावधान छ।

कुमारी बैंक लिमिटेडका सेवाग्राहीहरूले कुमारीपाटीस्थित टाइटन जिम एन्ड फिटनेस सेन्टरमा सदस्यता लिई यो सुविधाबाट लाभ लिन सकिने बैंकले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्