नेपाल इन्फ्रास्ट्रकचर बैङ्कको सेयर सूचीकृत, सुरुवाती रेन्ज कति ?

लोकपाटी न्यूज
काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज नेप्सेमा नेपाल इन्फ्रास्ट्रकचर बैङ्क ‘निफ्रा’ को शेयर सूचीकृत भएको छ। आज बिहीबार बैङ्कको २० करोड कित्ता शेयर सूचीकृत भएको हो।
शेयर सूचीकृत भयसँगै आइतबारबाट कम्पनीको शेयर कारोबार सुचारु हुने छ। कम्पनीको सिम्बलबाट कारोबार हुने छ। नेप्सेले पहिलो कारोबारको लागि ११३.६२ देखि ३४०.८६ रुपैयाँसम्मको रेन्ज तोकेको छ। नेप्सेले कम्पनीको नेटवर्थको ३ गुणासम्मको रेन्ज तोकेको छ। बैङ्कको आरटिएस ग्लोबल आईएमई क्यापिटल रहेको छ।
 बैङ्कले माघ २ देखि सर्वसाधारणको लागि आईपिओ निष्काशन गरेको थियो। बैङ्कले  एक सय रुपैयाँ अंकित दरका ८ करोड कित्ता शेयर अर्थात् ८ अर्ब बराबरको आईपिओ निष्काशन गरेको हो। जस मध्ये ०‍‍.२० प्रतिशत अर्थात् १ लाख ६० हजार कित्ता कर्मचारीहरूको लागि  र ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता सामूहिक लगानी कोषको लागि छुट्याईएको थियो। बाँकी रहेको ७ करोड ५८ लाख ४० हजार कित्ताको लागि सर्बसाधारणले आवेदन दिएका थिए ।  नेपाली पुँजीबजारमा आएको यो नै हालसम्म कै ठुलो आईपिओ हो।
चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैङ्कको खुद नाफा १२.५४ प्रतिशतले घटेको छ। अघिल्लो आर्थिक वर्षको दोस्रो त्रैमासमा बैङ्कले ४० करोड २७ लाख खुद नाफा कमाएकोमा चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैङ्कको नाफा घटेर ३५ करोड २५ लाख कायम भएको हो। बैङ्कको वितरणयोग्य नाफा भने २७ करोड ६० लाख रहेको छ।
यस अवधिमा बैङ्कको खुद ब्याज आम्दानी ७.७२ प्रतिशतले घटेर ५६ करोड ९४ लाख कायम भएको छ। त्यस्तै बैङ्कको सञ्चालन मुनाफा १२.३२ प्रतिशतले घटेर ३५ करोड २५ लाख कायम भएको छ। १२ अर्ब चुक्ता पुँजी रहेको बैङ्कको रिजर्भमा १ अर्ब ९४ करोड रहेको छ।
प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्