काठमाडौं। बुधवार शेयर बजार ८ दशमलव ६६ अंक बढेर २ हजार ५४३ दशमलव शून्य ३ विन्दुमा बन्द भएको छ। यसदिन नेप्से परिसूचकसँगै सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ५६ अंक बढेर ४६५ दशमलव १३ विन्दुमा पुगेको हो। २ हजार ५४४ दशमलव ८१ विन्दुदेखि खुला भएको बजार २ हजार ५१२ दशमलव शून्य २ विन्दुसम्म झरेको थियो भने २ हजार ५४७ दशमलव ६० विन्दुसम्म पुगेको थियो।
यो दिन १९१ ओटा कम्पनीको ७ अर्ब ६४ करोड ९४ लाख ११ हजार बराबरको १ करोड ४९ लाख ६ हजार ७७ कित्ता शेयर कारोबार भएको छ। उक्त कारोबार ६२ हजार १५ पटकको व्यापारमा भएको हो । यो दिन सर्वाधिक रकमको शेयर कारोबार ग्लोबल आइएमई बैंकको भएको छ।
उक्त कम्पनीको रू. ५२ करोड २ लाख ५५ हजार बराबरको शेयर कारोबार भएको हो। सर्वाधिक रकमको कारोबार गरेको उक्त कम्पनीको शेयरमूल्य पनि ५ दशमलव ९१ प्रतिशत अर्थात प्रतिकित्ता २५ ले बढेर अन्तिम मूल्य ४४८ पुगेको छ । कम्पनीको यस दिन न्यूनतम रू. ४१५ देखि अधिकतम ४५६ सम्मको मूल्यमा शेयर खरीदविक्री भएको हो ।
यसदिन वित्त समूहको परिसूचक सर्वाधिक ३ दशमलव २७ प्रतिशत बढेको छ । वित्तसँगै होटल्सको २ दशमलव १४ प्रतिशत, बैंकिङको १ दशमलव ५ प्रतिशत, विकास बैंकको शून्य दशमलव शून्य ४ प्रतिशत र निर्जीवन बीमा समूहको शून्य दशमलव ४७ प्रतिशत परिसूचक बढेको छ । बुधवारको बजारमा व्यापारिक समूहको परिसूचक सर्वाधिक ३ दशमलव २१ प्रतिशत घटेको छ ।
यसदिन उत्पादन तथा प्रशोधनको १ दशमलव १५ प्रतिशत, लघुवित्तको १ प्रतिशत, जलविद्युतको शून्य दशमलव ९८ प्रतिशत, जीवन बीमाको शून्य दशमलव ६२ प्रतिशत, म्यचुअल फण्डको शून्य दशमलव २३ प्रतिशत र अन्यको शून्य दशमलव ३ प्रतिशत परिसूचक घटेको छ ।
वित्त समूहको परिसूचक सर्वाधिक बढेको दिन गोर्खाज फाइनान्सको १० प्रतिशत, गुहेश्वरी मर्चेण्ट बैंक एण्ड फाइनान्सको ९ दशमलव ७७ प्रतिशत र आइसीएफसी फाइनान्सको शेयरमूल्य ९ दशमलव ७६ प्रतिशत बढेको छ ।
यो दिन गोर्खाज फाइनान्सको प्रतिकित्ता ४० ले बढेर अन्तिम मूल्य ४४०, गुहेश्वरी मर्चेण्ट बैंक एण्ड फाइनान्सको प्रतिकित्ता २१ ले बढेर अन्तिम मूल्य २३६ र आईसीएफसीको प्रतिकित्ता २९ ले बढेर अन्तिम मूल्य ३२६ कायम भएको हो ।
यसदिन स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य सर्वाधिक ६ दशमलव ३८ प्रतिशत घटेको छ । प्रतिकित्ता १०२ ले मूल्य घटेर कम्पनीको अन्तिम मूल्य १ हजार ४९८ कायम भएको हो ।



लोकपाटी न्यूज