ग्रीन लाइफको आईपीओमा आवेदन दिने भोली अन्तिम दिन

लोकपाटी न्यूज

काठमाडौं। ग्रीन लाइफ हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने माघ २७ गते अन्तिम दिन रहेको छ। कम्पनीले माघ २३ गतेदेखि सर्बसाधारणको लागि आईपीओ विक्री खुला गरेको हो। आईपीओ विक्री खुलाको छिटो अवधिभित्रै विक्री बन्द हुन लागेको हो।

विक्री खुला भएको तेस्रो दिन आइतवारसम्म कम्पनीको आईपीओमा १ करोड ४८ लाख ८५ हजार ३१० कित्ताको खरीद माग भएको छ। जुन मागभन्दा ४ दशमलव ५८ गुणा बढी हो। सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी अनुसार उक्त आवेदन ८ लाख १६ हजार १५५ जना आवेदकहरुबाट पर्न आएको हो।

कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यको ३४ लाख ९६ हजार ४०० कित्ता शेयर विक्री खुला गरेको हो। यस अघि आयोजना प्रभावित स्थानियलाई आईपीओ विक्री खुला गर्दा वितरण हुन नसकेको १६ लाख ८६ हजार ४०० कित्ता शेयर समेत जोडेर कम्पनीले सर्वसाधारणमा शेयर जारी गरेको हो।

आइतबार दिउँसोसम्ममा ७ लाख १६ हजार ८६९ वटा आवेदन मार्फत १ करोड २९ लाख ३३ हजार ३४० कित्ताका लागि आवेदन परेको छ। कम्पनीले यहि माघ २३ गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर जारी गरेको थियो। यो सर्वसाधारणबाट माग भएको शेयरको तुलनामा ३.९८ गुणा धेरै हो ।

कुल कित्तामध्ये १ लाख ७४ हजार ८२० कित्ता शेयर सामूहिक लगानीकोषको लागि र ६९ हजार ९२८ कित्ता शेयर कम्पनीका कर्मचारीमा बाँडफाँट गरी बाँकी ३२ लाख ५१ हजार ६५२ कित्ता शेयर सर्वसाधारणमा सार्वजनिक निष्कासनमा आएको हो। उक्त आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ।

कम्पनीको आईपीओलाई केयर रेटिङ नेपालले केयर एनपी बी प्लस (आइएस) रेटिङ प्रदान गरेको छ। उक्त रेटिङले निष्कासनकर्ता कम्पनी वित्तीय दायित्व पूरा गर्न उच्च जोखिममा रहेको संकेत गर्दछ। यो आईपीओ विक्री प्रबन्धकमा बिओके क्यापिटल रहेको छ।

विक्री प्रबन्धसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ। साथै मेरो शेयर सफ्टवेयर र मेरो शेयर मोवाइल एपबाट पनि आवेदन दिन सकिनेछ। यो आईपीओ विक्री गर्न कम्पनीले माघ २ गते नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको थियो । हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ४४ करोड रहेको छ। सर्वसाधारणलाई पनि शेयर विक्री गरेपछि कम्पनीको चुक्तापूँजी १ अर्ब ८० करोड पुग्नेछ। कम्पनीको अधिकृत पूँजी २ अर्ब ५० करोड रहेको छ।

यस कम्पनीले खानीखोला १ जलविद्युत आयोजना सञ्चालक गरिरहेको छ। नयाँ आयोजना निर्माणको क्रममा कम्पनीले दोलखा जिल्लामा ४० मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ। उक्त आयोजनाबाट २०७८ वैशाखदेखि विद्युतको व्यापारिक उत्पादन प्रारम्भ गर्ने योजना कम्पनीको रहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्