साताको अन्तिम कारोबारकाे दिन यस्तो रह्यो सेयर बजार

Nepse mathi
लोकपाटी न्यूज

काठमाडौं। साताको अन्तिम कारोबार दिन बिहीवार बजार २ हजार ४७५ दशमलव २६ विन्दुमा पुगेर बन्द भएको छ। यो दिन बुधवारको भन्दा बजार ८ दशमलव ३४ अंक बढेको हो। २ हजार ४७९ दशमलव ६१ विन्दुदेखि खुला भएको बिहीवारको बजार १३ मिनेट अवधिको कारोबारमा २ हजार ४४३ दशमलव ६९ विन्दुसम्म झरेको थियो।

त्यसपछि बढेको बजार २ हजार ४८१ दशमलव ५५ विन्दुसम्म पुगेर फर्केको हो। यस दिन सेन्सेटिभ इन्डेक्स १ दशमलव ६८ अंक बढेर ४५४ दशमलव शून्य २ विन्दुमा पुगेको छ। बुधवारको तुलनामा नेप्से परिसूचक बढेपनि कारोबार रकम भने घटेको छ। बुधवार  ९ अर्ब ५३ करोड १७ लाख १६ हजार बराबरको २ करोड २० लाख ४० हजार ५१६ कित्ता शेयर कारोबार भएकोमा बिहीवार  ७ अर्ब ६१ करोड ५० लाख ९७ हजार बराबरको १ करोड ८७ लाख १९ हजार ४८९ कित्ता शेयर कारोबार भएको हो।

यो कारोबार २०१ ओटा कम्पनीको ७२ हजार १७० पटकको व्यापारमा भएको हो । यसदिन सर्वाधिक रकमको कारोबार नेपाल पुनर्बीमा कम्पनीको भएको छ। उक्त कम्पनीको  २७ करोड ५३ लाख ८२ हजार बराबरको शेयर कारोबार भएको हो ।

सर्वाधिक रकमको कारोबार भएको उक्त कम्पनीको शेयरमूल्य प्रतिकित्ता १३ ले घटेर अन्तिम मूल्य १ हजार ५९३ कायम भएको छ। यसदिन न्यूनतम १ हजार ५८५ देखि अधिकतम १ हजार ६१९ सम्मको मूूल्यमा उक्त कम्पनीको शेयर कारोबार भएको छ।

बिहीवार व्यापारिक समूह र लघुवित्तको परिसूचक सर्वाधिक बढेको छ । व्यापारिक समूहको ४ दशमलव ५१ प्रतिशत र लघुवित्तको ३ दशमलव ५२ प्रतिशत परिसूचक बढेको हो।  त्यस्तै जलविद्युतको १ दशमलव ९२ प्रतिशत, निर्जीवन बीमाको शून्य दशमलव ६१ प्रतिशत, उत्पादन तथा प्रशोधनको १ दशमलव ३९ प्रतिशत र अन्यको शून्य दशमलव शून्य ८ प्रतिशत परिसूचक बढ्दा बाँकी समूहको भने घटेको छ ।

यसदिन बैंकिङको शून्य दशमलव ४३ प्रतिशत, होटल्सको शून्य दशमलव ९९ प्रतिशत, विकास बैंकको शून्य दशमलव २५ प्रतिशत, वित्तको शून्य दशमलव ९८ प्रतिशत, जीवन बीमाको शून्य दशमलव ३८ प्रतिशत र म्युचुअल फण्डको शून्य दशमलव १ प्रतिशत परिसूचक घटेको छ ।

सामान्य अंकले बढेको बजारमा १५ कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ। यो दिन सूर्योदय लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ। उक्त कम्पनीको शेयरमूल्य प्रतिकित्ता  १७५ ले बढेर अन्तिम मूल्य १ हजार ९२५ पुगेको हो।

 त्यस्तै समिट लघुवित्त र सामूदायिक लघुवित्तको ९ दशमलव ९९ प्रतिशत, महुँली सामूदायिक लघुवित्तको ९ दशमलव ९८ प्रतिशत, नेशनल माइक्रोफाइनान्सको ९ दशमलव ९७ प्रतिशत, उन्नती सहकार्य लघुवित्तको ९ दशमलव ९७ प्रतिशत, सपोर्ट माइक्रोफाइनान्स र किसान लघुवित्तको ९ दशमलव ९६ प्रतिशत, ग्रामिण विकास लघुवित्तको ९ दशमलव ९० प्रतिशत बढेको छ।

त्यसैगरी सिनर्जी पावरको ९ दशमलव ८८ प्रतिशत, राधी विद्युत् र माउण्टेन हाइड्रो नेपालको ९ दशमलव ८७ प्रतिशत, पाँचथर पावर कम्पनीको ९ दशमलव ७८ प्रतिशत, स्वाभिमान लघुवित्तको ९ दशमलव ७२ प्रतिशत र बरुण हाइड्रोको ९ दशमलव ६१ प्रतिशत शेयरमूल्य बढेको हो।  निरन्तर सकारात्मक सर्किट लेभलमा शेयरमूल्य बढ्दै आएको प्रभु लाईफ इन्स्योरेन्सको शेयरमूल्य बिहीवार भने सर्वाधिक ३ दशमलव ४६ प्रतिशत घटेको छ। प्रतिकित्ता  ३२ ले घटेर उक्त कम्पनीको शेयरमूल्य  ८९३ कायम भएको हो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्