काठमाडौं। नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक यो साता ५० अंकले बढेको छ।
गत साता बिहिबार २३७४.६४ को बिन्दुमा कारोबार बन्द भएको नेप्से यो साताको अन्तिम दिन बिहिबार सम्म आइपुग्दाँ ५०.६६ अंकले बढेर २४२५.३० को बिन्दुमा पुगेको हो। यो साता नेप्सेमा ९ करोड ५७ लाख १४ हजार ३३१ कित्ता शेयर ३ लाख ५७ हजार ५९१ पटक खरिद बिक्री हुदाँ ४४ अर्ब ४६ करोड ३९ लाख ८१ हजार रुपैंया बराबरको कारोबार भएको थियो।
आइतबार देखि बिहिबार (पाँच दिन)को नेप्से परिसुचकको तथ्यांक
साताको पहिलो दिन (आइतबार) परिसुचक ५०.२ अंकले बढेर २४२४.८४ को बिन्दुमा पुगेको थियो। सो दिन नेप्सेमा २०७ वटा कम्पनी कारोबारमा आएका थिए। कारोबारमा आएका कम्पनीको १ करोड ९३ लाख ७९ हजार ४२ कित्ता शेयर ७९ हजार ४९८ पटक खरिद बिक्री हुदाँ ९ अर्ब ३७ करोड ६० लाख बराबरको कारोबार भएको थियो।
साताको दोस्रो दिन (सोमबार) परिसुचक १६.०४ अंकले बढेर २४४०.८८ को बिन्दुमा पुगेको थियो। नेप्सेमा सोमबार २०८ कम्पनीहरु कारोबारमा आएका थिए। उक्त कम्पनीहरुको १ करोड ९२ लाख ८५ हजार ५०४ कित्ता शेयर ७२ हजार ७७३ पटक खरिद बिक्री हुँदा ८ अर्ब ९० करोड ३५ लाख ३८ हजार बराबरको कारोबार भएको थियो।
साताको तेस्रो दिन (मंगलबार) परिसुचक १७.७९ अंकले घटेर २४२३.०९ को बिन्दुमा पुगेको थियो। सो दिन नेप्सेमा २०७ वटा कम्पनी कारोबारमा आएका थिए। कारोबारमा आएका उक्त कम्पनीहरुको १ करोड ९६ लाख ६ हजार ५४५ कित्ता शेयर ६३ हजार ८१७प पटक खरिद बिक्री हुदाँ ८ अर्ब २७ करोड ९६ लाख ९४ हजार रुपैंया बराबरको कारोबार भएको थियो।
यस्तै, साताको चौथो दिन (बुधबार) नेप्से परिसुचक हाल सम्मकै उच्च बिन्दुमा पुगेर नयाँ रेकर्ड बनाएको थियो। बुधबार परिसुचक १८.७६ अंकले बढेर २४४१.८५ को बिन्दुमा पुगि नयाँ रेकर्ड बनाएको हो। सो दिन नेप्सेमा २०८ वटा कम्पनी कारोबारमा आएका थिए। कारोबारमा आएका कम्पनीहरुले १ करोड ५२ लाख ८९ हजार २५९ कित्ता शेयर ५९ हजार १५१ पटक खरिद बिक्री गर्दा ८ अर्ब ६२ लाख ३८ हजार बराबरको कारोबार भएको थियो। बुधबारको कारोबारको रकम यो साताकै सबैभन्दा कम हो।
साताको अन्तिम दिन (बिहिबार) नेप्से परिसुचक दोहोरो अंकले ओरालो लागेको थियो। परिसुचक दोहोरो अंकले घटेपनि कारोबार भने हाल सम्मै सर्वाधिक रहेको हो। बिहिबार नेप्सेमा ९ अर्ब ८९ करोड ८४ लाख ५६ हजार रुपैंया बराबरको कारोबार भई नयाँ रेकर्ड कायमा भएको हो। सो दिन नेप्से साताकै धेरै २०९ कम्पनी कारोबारमा आएका थिए। कारोबारमा आएका कम्पनीहरुको २ करोड २१ लाख ५३ हजार ९८१ कित्ता शेयर ८२ हजार ३५२ पटक खरिद बिक्री भएको थियो।



लोकपाटी न्यूज