१४ सहरमा डाटा सेन्टर निमार्ण गर्दै वर्ल्डलिंक

लोकपाटी न्यूज

काठमाडौँ। निजी क्षेत्रको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिकं कम्युनिकेशन्सले देशका १४ शहरमा डेटा सेन्टर निर्माण गर्ने भएको छ। बिहीबार पत्रकार सम्मेलन गर्दै वर्ल्डलिंकले सातै प्रदेशमा करिव ३ अर्ब लागतमा सेन्टर स्थापनको तयारी भएको जनाएको हो। १४ वटा डेटा सेन्टरमा ६ मेगावाटको बिजुली, ५ सयभन्दा बढीको र्याक्स खर्च हुने अनुमान गरिएको बल्र्डलिकंशका अध्यक्ष एवं म्यानिजिङ डिरेक्टर दिलीप अग्रवालले जानकारी दिए। उनका अुनसार अबको २ वर्षदेखि ३ वर्षभित्र सबै डेटा सेन्टर स्थापना गरिसक्ने छ।

सातै प्रदेशमा एक÷एक वटा स्थापना गर्ने लक्ष्यका साथ काठमाडौँमा सबैभन्दा ठूलो र काठमाडौँको विकल्पको रुपमा भरतपुरमा रहनेछ। ३ मेगावाट, ३५० र्याक्स काठमाडौँमा राखिनेछ भने भरतपुरमा ५ सय किलोवाट र एक सयवटा र्याक्स राखिनेछ।

पोखराको लेखनाथ, बुटबल, हेटौडा, भक्तपुर, वीरगन्जमा, ढल्केवर, कोहलपुर, भैरहवा, अतरीया तथा काठमाडौँमा डेटा सेन्टर स्थापना गरिनेछ। १४ डेटा सेन्टरमध्ये काठमाडौंको डेटा सेन्टर सबैभन्दा ठूलो, अन्तर्राष्ट्रिय मान्यताप्राप्त टियर ४ पावर प्रणालीमा डिजाइन भएको तथा टायर ३ प्रमाणीकरण सहितको हुनेछ भने अन्य बाँकी डेटा सेन्टरहरु मध्यम र सानो आकारको टायर २ प्रमाणिकरण भएको हुनेछ।

कम्पनीले भनेको छ ‘ नेपालमा भएका कन्टेनहरु बाहिर होस्ट गरिदैँ छ, अब नेपालकै कन्टेनहरु नेपालमा नै होस्ट गरेर नयाँ कन्टेन स्थापना हुनेछ। ईन्टरनेटको इस्पीडमा सुधार हुनेछ।’ डेटा सेन्टर सरकारले ल्याएको डिजिटल नेपालको अवधारणको एक स्वरुप भएको अध्यक्ष अग्रवाल बताउँछन्। उनका अनुसार डाटा सेन्टर स्थापनाका लागि आवश्यक जनशक्ति नेपालमा उपलब्ध नहुँदा विदेशी कम्पनीसँगको साझेदारीमा स्थापना हुनेछ। उनले विदेशी पार्टनको खोजी भइरहेको समेत जानकारी दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्