काठमाडौँ। नेपाली सेयर बजारको इतिहासकै सबैभन्दा ठूलो परिमाणम नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ शुक्रबार विहान १० बजे बाँडफाँट हुने भएको छ। यसको आईपीओ निष्काशन तथा बिक्री प्रवन्धको जिम्मेवारी पाएको एनआइबीएल एस क्यापिटलका अनुसार शुक्रबार विहान १० बजेपछि आईपीओ बाँडफाँट हुने छ। बैंकले माघ २ गतेदेखि १० गतेसम्म कुल आठ अर्ब रुपैयाँबराबरको आठ करोड कित्ता सेयर बिक्री खुला गरेको थियो । जसमध्ये ०.२ प्रतिशत अर्थात् एक लाख ६० हजार कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् ४० लाख कित्ता म्युचुअल फन्डका लागि छुट्ट्याइएको छ। बाँकी सात करोड ५८ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो।
कम्पनीको आईपीओमा १५ लाख ५० हजार ३२५ वटा आवेदनबाट १८ अर्ब रुपैयाँभन्दा माथिको आवेदन परेको थियो। जसमध्ये १४ लाख ७५ हजार आठ आवेदकको १६ करोड ७२ लाख १० हजार कित्ता आवेदन भरिफाइड भएको एनआईबीएल एस क्यापिटलका मर्चेन्ट बैंकिङ प्रमुख रामकुमार महतले बताए।
भेरिफाइका क्रममा ६ हजार २७६ आवेदन रद्द भएको पनि उनले जानकारी दिए। बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलले कम्पनीको आईपीओ प्रि(अलोटमेन्ट गरेर स्वीकृतिका लागि नेपाल धितोपत्र बोर्डमा पठाएको छ। बोर्डबाट स्वीकृत भएपछि शुक्रबार बिहान १० बजे क्यापिटलले केन्द्रीय कार्यालय लैनचौरमा आईपीओ बाँडफाड हुनेछ। धितोपत्र निष्कासन तथा बाँडफाड नियमावलीअनुसार सबैलाई बराबर बाँडफाँड गर्नुपर्ने व्यवस्था छ। यदि सबै आवेदकले ५० कित्ता वा सोभन्दा बढीको आवेदन दिए पनि सबै आवेदकले न्यूनतम ५० कित्ता सेयर पाउने देखिन्छ।



लोकपाटी न्यूज