काठमाडौं। बुधबार सुनको मूल्यमा गिरावट आएको छ। मंगलबार ९२ हजार ८ सय रुपैयाँमा कोराबार भइरहेको सुन बुधबार ७०० रुपैयाँले घटेर प्रतितोला ९२ हजार १ सय रुपैयाँ पुगेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य घट्दा तेजाबी सुनको मूल्य पनि घटेको छ। सोमबार ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन प्रतितोला ७ सयले घटेर ९१ हजार ६ सय रुपैयाँ पुगेको छ।
महासंघका अनुसार आज चाँदीको मूल्य ५ रुपैयाँले घटेर प्रतितोला १२५० रुपैयाँ कारोबार भइरहेको छ।



लोकपाटी न्यूज