नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयर यहि साता भित्रै बाँडफाँड गर्ने तयारी थालेको छ। बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटले शुक्रबारसम्ममा बाँडफाँड गर्ने गरी तयारी थालेको हो। एनआईविएल एस क्यापिटले भोलि बुधबार सम्ममा आवेदन भेरिफिकेशन काम सकाएर शुक्रबार भित्रै शेयर बाँडफाँड गर्ने जनाएको छ। अझै आवेदन भेरिफिकेशनको काम बाँकि रहेकोले भोलि मात्रै बाँडफाँडको मिति तय हुने क्यापिटलले जनाएको छ।
बैंकले जारी पूँजी २० अर्ब रुपैयाँको ४० प्रतिशतले हुन आउने ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो। त्यस मध्ये ०.२० प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्टाएर बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणलाई निष्काशनमा ल्याएको थियो।
बैंकको उक्त आईपीओमा १५ लाख २९ हजार ४६० वटा आवेदनबाट १८ करोड १२ लाख ८६ हजार ७२० कित्ताको लागि १८ अर्ब १२ करोड ८६ लाख रुपैयाँ बराबरको आवेदन परेको छ।
यो आवेदन सर्वसाधारण निष्काशन गरेको ७ करोड ५८ लाख ४० हजार कित्ताको २.३९ गुणा बढी हुन आउछ। बैंकले ठुलो संख्यामा शेयर निष्काशन गरेकोले आईपीओमा आवेदन गर्ने सबैले करिब ५० कित्ता शेयर पाउने पक्का छ। हाल बैंकको चुक्ता पूँजी १२ अर्ब रुपैयाँ रहेको छ।८ अर्ब रुपैयाँ बराबरको आईपीओ बाँडफाँटप श्चात बैंकको चुक्ता पूँजी २० अर्ब पुग्नेछ।



लोकपाटी न्यूज