सुनको मूल्य ह्वातै बढ्यो

लोकपाटी न्यूज

काठमाडौं। केही दिन लगातार घटेको सुनको मूल्य पुन बढेको छ। मंगलबार सुन तोलामा ४ सय रुपैयाँले बढेको छ। मंगलबारको कारोबार मूल्य प्रतितोला ९२ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ ।

सोमबार तोलामा २ सय रुपैयाँले घटेर प्रतितोला ९२ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार २ सय ५५ रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

चारदिन देखि चाँदी प्रतितोला एक हजार २सय ६० रुपैयाँमा स्थिर रहेको थियो।

अन्तराष्ट्रिय बजारमा बिहान सुन प्रतिऔंस १८५५ .७६ डलर र चाँदी प्रतिऔंस २५ .३३ डलरमा कारोबार भएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्