काठमाडौं, २६ पुस । फ्रेन्च लिगमा पेरिस सेन्ट जर्मन (पीएसजी)ले क्वाटरफाइनलमा अप्रत्यासित पराजय ब्यहोरेको छ ।
फ्रेन्च लिग वानमा अपराजित रहेको पीएसजीले नकआउट प्रतियोगितामा भने लिगको अन्तिम स्थानमा रहेको गुइनग्याम्पसँग २-१ गोलअन्तरले खेल गुमाउन पुग्यो ।
लिग वानमा रेलिगेसनबाट बच्न संघर्षरत गुइनग्याम्पले पीएसजीलाई उसकै मैदानमा दुवै गोल पेनाल्टीमार्फत गरेको हो ।
खेलको ६२ औं मिनेटमा पीएसजीका लागि नेयमारले गोल गरी अग्रता लिएका थिए । तर, येनी बाकोटोले ८१औं मिनेटमा र मार्कस थुरमले इन्ज्यूरी समयमा गोल गरी टिमलाई जीततर्फ लगे ।



लाेकपाटी न्यूज

