काठमाडौं। नेपाली बजारमा सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार घटेर तोलामा ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको हो ।
यस्तै तेजावी सुन तोलामा ९१ हजार १०० रुपैयाँमा कारोबार भएको पनि महासंघले जनाएको छ ।
यसैबीच सोमबार चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार तोलामा १२३० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा कारोबार भएको हो ।



लोकपाटी न्यूज