जसपा र एकीकृत मार्क्सवादीले गरे पार्टी एकताको घोषणा

jasaapa_maskbadi
लोकपाटी न्यूज

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) र नेपाल कम्युनिस्ट पार्टी एकीकृत मार्क्सवादी पार्टीबीच एकता घोषणा भएको छ। शुक्रबार आयोजित कार्यक्रममा दुवै पार्टीका शीर्ष नेताहरुले एकता घोषणा गरेका हुन्।

पार्टी एकताले उत्पीडित, राष्ट्रियता, महिला र शिल्पी समुदायको मुक्ति आन्दोलनलाई शक्ति प्रदान गर्ने बताएका छन्। कार्यक्रममा जसपा अध्यक्ष महन्थ ठाकुरले देशमा भइरहेका विभिन्न विभेदको अन्त्य गर्न र राज्यको सबै निकायहरुमा समान प्रतिनिधित्व गराउन जसपाले संघर्ष गरिरहेको बताए।

जनता समाजवादी पार्टी, नेपालका बरिष्ठ नेता राजेन्द्र महतोले देशमा जुन राजनीतिक प्रणाली आएपनि पछि पारिएका समुदायले शासनमा आफ्नो अनुभुति पाउन नसकेका कारण विकल्पमा जसपा चाहिएको बताए।