मुक्तिनाथ र सानिमा माईको शेयरमूल्य समायोजन

nepse-1
लोकपाटी न्यूज

काठमाडौं। मुक्तिनाथ विकास बैंक र सानिमा माई हाइड्रोपावरको पुस १३ गते, सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शेयरमूल्य समायोजन भएको छ। यी दुबै कम्पनीले गत आर्थिक वर्षको कमाईबाट लाभांश वितरण तथा साधारण सभाका लागि सोमबार बुकक्लोज गरेसँगै नेप्सेले बोनसलाई समायोजन गरी नयाँ शेयरमूल्य कायम गरेको हो।

नेप्सेले मुक्तिनाथ विकास बैंक को ११.२५ प्रतिशत बोनस समायोजन गरी प्रतिकित्ता शेयरमूल्य ३४१ रुपैयाँ कायम गरेको छ भने सानिमा माई हाइड्रोपावर को १० प्रतिशत बोनस समायोजन गरी प्रतिकित्ता ३०७ रुपैयाँ कायम गरेको छ।

नेप्सेले आइतबारको अन्तिम कारोबार मूल्यका आधारमा यी कम्पनीहरुको शेयरमूल्य समायोजन गरेको हो। आइतबार दोस्रो बजारमा मुक्तिनाथको शेयर प्रतिकित्ता ३७९ रुपैयाँमा र सानिमा माईको ३३८ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

समायोजित मूल्यलाई आधार मानेर दुबै कम्पनीको सोमबार शेयर कारोबार खुल्नेछ।

मुक्तिनाथले हाल कायम चुक्ता पूँजीको ११.२५ प्रतिशतका दरले बोनस शेयर र ४.२५ प्रतिशतका दरले नगद लाभांश गरी कुल १५.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सहित पुस २५ गते चौधौँ वार्षिक साधारण सभा डाकेको छ। बैंकको सो सभा होटल पोखरा ग्राण्ड, पार्दी, विरौटमा बिहान ११ बजे शुरु हुनेछ।

त्यसैगरी, सानिमा माइले ५ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस शेयर गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न पुस २३ गते साधारण सभा डाकेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्