काठमाडौं। साताको पहिलो दिन धितोपत्र बजार दोहोरो अंकले घटेर बन्द भएको छ। आइतबारबाट नै दलाल व्यवसायी कमिशन घटेर लागू भएको भएपनि नेप्से भने बढ्न सकेन।
यस दिन अघिल्लो कारोबार दिन बिहीवारको तुलनामा बजार ३९ दशमलव ९८ अंक घटेर १ हजार ९९८ दशमलव ६५ विन्दुमा बन्द भएको हो । बिहीवार बजार २ हजार ३८ दशमलव ६३ विन्दुमा बन्द भएको थियो । २ हजार ४७ दशमलव १३ विन्दुदेखि खुलेको बजार निरन्तर घटेर बन्द भएको हो ।
यो दिन कारोबारमा आएका १२ समूहकै परिसूचक घटेको छ । सर्वाधिक होटल समूहको परिसूचक ४ दशमलव ६६ प्रतिशतले घटेको छ । त्यस्तै बैंकिङको १ दशमलव ४९ प्रतिशत, व्यापारिकको शून्य दशमलव ३७ प्रतिशत, विकास बैंकको शून्य दशमलव ४८ प्रतिशत, जलविद्युतको १ दशमलव ९१ प्रतिशत, वित्तको शून्य दशमलव ५८ प्रतिशत, निर्जिवन बीमाको २ दशमलव ५ प्रतिशत, उत्पादन तथा प्रशोधनको शून्य दशमलव ९५ प्रतिशत, अन्यको २ दशमलव ७५ प्रतिशत, लघुवित्तको १ दशमलव ३ प्रतिशत, जीवन बीमाको ३ दशमलव ७९ प्रतिशत र म्यचुअल फण्डको शून्य दशमलव ४ प्रतिशत परिसूचक घटेको छ ।
आइतवार कारोबार रकम पनि रू. ४ अर्ब ६२ करोड ३४ लाख ५२ हजारमा सिमित भएको छ। बिहीवारको तुलनामा कारोबार रकम पनि घटेको हो । बिहीवार रू. ५ अर्ब ३६ करोड ९० लाख ४६ हजार बराबरको शेयर कारोबार भएको थियो ।
आइतवार पनि नेपाल लाइफ इन्स्योरेन्सले सर्वाधिक रकमको कारोबार गर्ने कम्पनीको पहिलो स्थान ओगटेको छ । कम्पनीले दुई साताभन्दा बढी समयदेखि सर्वाधिक रकमको कारोबार गर्ने कम्पनीको स्थान सुरक्षित गर्दै आएको छ ।



लोकपाटी न्यूज