काठमाडौं। मोडल एवं निर्देशक हेरुका लामाद्वारा निर्देशित ’कस्तो हो यो माया’ बोलको गीत बजारमा आएको छ । लामाले क्यानडामा रहेर पनि आफ्नो करिअरलाई अगाडि बढाउने क्रममा म्युजिक भिडियो बजारमा ल्याएका हुन् ।
’लामो समयपछि कर्मभूमिबाट म्युजिक भिडियो बजारमा ल्याएका छौँ । विश्वास छ सम्पूर्ण दर्शकले मन पराउनुहुनेछ ।’ निर्देशक लामाले भने । म्युजिक भिडियो क्यानडाको विभिन्न रमणीय स्थानहरूमा छायाङ्कन गरिएको छ । म्युजिक भिडियोलाई उनै निर्देशक लामाले पहिलो पटक छायाङ्कन गरेका हुन् ।
गायक निशान भट्टराईको आवाज, लेखु सहयात्रीको सङ्गीत, ईश्वर थापाको शब्द, पुरुषोत्तम सुवेदीको सङ्गीत संयोजन रहेको छ । साजन शाहले मिक्सिङ, नरेश विविशीले रेकर्डिङ गरेको गीतलाई ए प्लस स्टुडियोमा रेकर्ड गरेको हो ।
म्युजिक भिडियोमा ईश्वर थापा र परीथा खड्काको अभिनय रहेको छ । गीतको म्युजिक भिडियोलाई उनै निर्देशक हेरुका लामाले ड्रोन, छायाङ्कन र कोरियोग्राफी गरेका हुन् । भिडियोलाई सम्पादन र कलर राजेश कुमारले गरेका हुन् ।



लोकपाटी न्यूज

