काठमाडौं। नागरिक लगानी कोषले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ सहयोग गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर शुक्रबार कोष सञ्चालक समितिका अध्यक्ष प्रा.डा. सूर्य बहादुर थापा र कार्यकारी निर्देशक पर्वत कुमार कार्कीले उक्त सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन्।
हालै मुलुकभर आएको अविरल वर्षासँगै गएको बाढी पहिरोको कारण ठूलो धनजनको क्षति भएपछि कोषले उक्त रकम सहयोग गरेको हो। चेक हस्तान्तरण कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रधानमन्त्री दैवी प्रकोप कोषमा बाढी पहिरो पीडितलाई आर्थिक सहयोग गरेकोमा कोषलाई धन्यवाद दिए।
बाढी पहिरो तथा डुबानबाट उत्पन्न असहज अवस्थालाई सहयोग पुर्याउन कोषले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम प्रदान गरेको हो। योभन्दा अघि पनि कोषले सामाजिक उत्तरदायित्व अन्तर्गत आर्थिक र भौतिक सहयोग गर्दै आइरहेको छ।



लोकपाटी न्यूज

